Saturday, April 13, 2013

शुभ नयाँ बर्ष २०७०

बर्ष २०६९ को बिदाई अनि नयाँ साल २०७० को आगमन्,कती छिटो बित्छन दिन्, हप्ता, महिना अनि साल हरु अनि यसैगरी बित्छन मानिस का जीवन पनि, थाहै नपाई ।शायद कुनै दिन वा हप्ता व अनि महिना अनि कुनै बर्ष रोकिए कस्तो हुन्थियो होला मानिस को जिबन रोकिए जस्तै टक्क , स्थिर तर सृष्टी को नियम हो यो क्यारे मानिस ले भन्दैमा हुने हो र ?चलायमान आफ्नै गती मा हिद्दछ, न रोकी न बसी र कहिले न थाकी ।
त्यसैले होला भन्ने गर्छन समय बलवान हुन्छ रे सबै भन्दा यो सन्सार मा । न यस्लाई अहिले सम्मा कसैले जित्न सकेको छ न जित्ने नै छन यो धर्ती रहुन्जेल्, बितेका दिन्, हप्ता , महिना अनि बर्ष जे जस्तो बिते पनि मानिश लाई आउने नयाँ बर्ष को निकै उत्सुक्ता रहन्छ जहिले पनि र आफ्ना इष्ट मित्र अनि साथी भाइ हरुलाई शुभ कामना दिंदा जहिले पनि भन्ने गर्दछन आउँदो साल राम्रो होस्, फलोस फुलोस्, कारण मानिस भनेको भोली को लागी जिउने प्राणी हो, सधैँ आशा रहन्छ भोली नयाँ बर्ष मा केहि नयाँ हुन्छ कि भनेर ।
त्यसैले यही आशा, उमङ,खुशी, मिलन अनि राम्रो को लागी मेरा सम्पूर्ण साथी , परिवार लाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
भागवान ले सबै को इछ्या पुरा गरुन्,शुभ नयाँ बर्ष २०७०

Tuesday, April 2, 2013

बधाई टिम पारस

सर्बप्रथम नेपाली टिम लाई बधाई,मलाई लाग्छ अब त्यो दिन टाढा छैन जब हामी नेपाली हरुले हाम्रो रास्ट्रीय टिम ले धोनी को टिम ईन्डिया,पकिस्तान वा अष्ट्रेलिया सँग खेलेको आफ्नै सिटिङ्ग रूम को टिवी मा हेर्न पाउने छौ ।एउटा नेपाली हुनुको नाता ले यसरि कुनै देश लाई जित्दा निकै गौरव लाग्छ, छाती फुलेर निकै ठुलो भए जस्तो लाग्छ ।
सायद नेपाल मा गौरव अनुभुती गराउने, दिने काम मात्र खिलाडिहरुले दिन्छन जस्तो लाग्छ,जब कि देश को नाम अनि गौरव बढाउने काम पहिलो त देश को सरकार अनि नेताअ हरु को हो , तर यहाँ यो देश नेपाल मा ठ्याकै उल्तो छ यी झारे नेताअ अनि सरकार मा भएका हरु ले देश को गौरव बढाउनु को साटो घटाए,देश डुबाए अनि संसार सामु लज्जित तुल्याए ।
किर्तिपुरको भएको क्रीकेट हेर्न लालध्वज निबर्तमान प्रधानमन्त्री ज्यु पनि जानु भाको रहेछ, केहि सिक्ने हो कि भट्टराई ज्यु यी देश को नाम राक्ने खिलाडिहरु बाट ।
एउटा कुरा अहिले को नयाँ  "रेग्मी "११ जना को सरकार को साटो यी  हाम्रा ११ खिलाडी हरुलाई देश को बागडोर दिएको भए सायद असार मै  निर्बाचन हुन्थ्यो कि ?
अन्त मा एउटा पारसले देश को गौरव बढाए अर्को पारस ले बदनाम गराए अनि अर्को पारस प्रचन्द पुत्र को त अब के कुरा भन्नु सबै लाई थाहा छदैं छ

Sunday, March 17, 2013

नेपाली सिनेमा

नेपाली फिल्म अहिले धमाधम लाग्दै अनि त्यो भन्दा पनि छिटो हलबाट उत्रदै छन । कारण यी सबै नेपाली फिल्म हरु यती फितलो बिषयमा बनेका हुन्छ कि दर्शक लाई २+ घण्टा बाध्नै सक्दैनन्, त्यस माथी हाम्रा नेपाली निर्माता अनि निर्देशक आ-आफ्नो फिल्म रिलिज हुन अघी 'मेरो फिल्म अरु को भन्द भिन्दै छ,शायद नेपाली फिल्म म पहिलो चोटी फलनो ढिस्कानो राखेको छु, गरेको छु' भन्छन तर जब दर्शा ले नकारी दिन्छन अनि त्यही निर्मात अनि निर्देशक भन्न थल्छन्'दर्शक ले हाम्रो फिल्म बुझेनन्' कस्तो हाँसो लाग्ने कुरा अब बुझ्ने फिल्म बनाए पो बुझ्छन त ।खोइ त लूट्,सानो संसार्,चपली हाइट बुझेकै हुन ।
एक ताका राजेश हमाल को हाली मुहाली भएको समयमा सबै नेपाली फिल्महरु एकै किसिम का हुन्थे ५-७ वटा फाइट सिन्,एउटा रेप सिन अनि बद्ला त्यसैलाई निखिल उप्रेति,बिराज भात्त हरुले निरन्तरता दिए जुन फर्मुला सन ८०को दशकमा हिन्दी सिनेमा मा थियो ।

नेपाली सिनेमा नचल्नु को मुख्य कारण भनेको नै निर्देशक मा निर्देशकिय ज्ञान को कमी हो जस्तो लाग्छ,किन भने यहाँ अहिलेको नयाँ पुस्ता लाई छाड्ने हो भने कुनै पनि निर्देशक हरु ट्रेन्ड थिएनन छैनन्, सबै पर्दा पछाडी काम गर्दा गर्दै स्व:घोषणा मा निर्देशक भएका हुन ।

अहिले को समय म कुनै पनि कथा नयाँ हुन सक्दैन, किन भने संसार मा यतिका सिनेमा बर्ष देखी बन्दै आएका छन कि नयाँ कथा भेट्न अशम्भव हुन्छ,नयाँ त त्यही उहि पुरानो कथालाई नौलो तरइकाले प्रस्तुत गर्ने बस्, जस्तो लुट्, त्यसमा पनि कथा त्यही बैंक लुट्ने थियो जुन १००औ पटक हेरिसकेका थियौं तर लुट का निर्देशक ले त्यही घिसापिटा कथा लाई प्रस्तुतिकरण ले रोचक बनाई दिए ।
झन अब त नेपाली सिनेमा धमाधम आउछ धमाधम जान्छ कारण डिजिटल क्यामरा ले गर्दा खिच्न सजिलो, सस्तो नत्र भने जाबो यती सानो नेपाली सिनेमा को बजार मा हरेक हप्ता २-३ सिनेमा कसरी आउछ ?माग भन्दा आपुर्ती धेरै भयो भने के हुन्छ निर्माता ले बुझ्न जरुरी छ ।

अर्को कुरा यहाँ नचले पनि निर्माता अनि निर्देशक आजकल यो कुरा चैन भन्न बिर्सदैनन कि बिदेश मा मेरो फिल्म यती लाख मा बिक्यो उति लाख मा बिक्यो,न यिनिहरुले भनेको जस्तो नेपाली सिनेमाहरु बिदेश को हल मा नै लाग्ने हुन ।बिदेश जाँदा डिविडी खल्ती मा हाल्यो अनि बिदेश मा भाको ५०-१०० नेपाली हरु जम्मा पार्यो अनि शो देखाई पैसा बटुल्यो, यसरि नै हो नेपाली सिनेमा बिदेश मा चल्ने भनेको ।

भन्न खोजिएको के हो भने नेपाली सिनेमा तब सम्मा राम्रो बन्दैन जबा सम्मा सही निर्माता, अनि निर्देशक आउँदैनन

Sunday, March 10, 2013

आजकलका चलन चल्ती का शब्दहरु,


सहमति,दावी ,यथास्थितिबादि, शक्ती पृठीकइकारण,सत्यनिरुपण्,मानवधिकार्,लोकतन्त्र,गणतन्त्र,दक्षिणपन्ठि,प्याकेजमा सहमति,सत्ता, प्रतिगमन्,चुनाब्,बार्ता, शिर्ष नेता, ४ दल्,भट्टराई, प्रचन्द्, यमि, पारश्,भ्रस्टाचार्,शान्ती प्रकृया,मुस्ताङ म्याक्स्,अकुपाई बालुवाटार्,प्रधानमन्त्री ,सामन्ती उफ भनेर सम्झेर साध्य छैन

keshav shrestha

Saturday, March 9, 2013

नेपाली हांस्य टेलिशृन्खला

अब यो मेरो पहिलो ब्लग मा के को बारे मा लेखुं !बिषय धेरै छन्, तैपनी एउटा न एउटा बारे मा त लेख्नै पर्‍यो ।आज नेपाली हाँस्य टेली शृंखला को बारे म अलिकती लेख्दै छु ।
प्राय सबै नेपाली च्यानल बाट प्रशारण हुने हांस्य टेली शृंखलामा एउटाै समानता भनेको त्यसमा अभिनय गर्ने कलाकार्( ?) हरुको एकै किसिमको अभिनय शैली ।जस्तै कुनै एउटा पात्रले संबाद भन्दा अर्को ले मुख खुम्च्याउने, कि जिब्रो निकाल्ने वा आँखा ठुलो पार्ने ।अनी अर्को दिक्क लाग्दो भनेको त्यस को पृस्ठभुमी मा बज्ने ट्याँउ,टुडुँङ गर्ने पार्श्व संगीत ।
अनी अर्को उराठ लाग्दो भनेको बिषय बस्तु को उठान्, प्राय सबै टेली फिल्म मा त्यही दैनिक अखबार हरु मा आएका राजनितिक समाचार लाई आधार बनाएर निर्माण गरिएका हुन्छन्, जुन सुन्दा सुन्दा वाक्क दिक्क भैसकेका हुन्छन दर्शक अनि त्यसमाथी २ पैसा को अभिनय अनि नेताअ हरुको क्यारिकेचार ।मैले यसो भनेए रहंदा मदन कृष्ण श्रेष्ठ अनि हरिबंश आचार्य का टेलिए शृंखला हरु चैं अपबाद हुन है ।

मलाई लाग्छ यस्तो सबै हुनु मा निर्देशक र निर्माता को कमजोरी हो वा जुन पैसा जोगाउने चक्कर मा जस्तो फितलो अभिनय गरे पनि ओके गर्नु हो,दर्शक जाओस भांड मा, एउटा क्वालिटी भन्ने चिज के हो भन्ने नेपाली हांय शृंखलका निर्माता अनि निर्देशक लाई नहुनु लाज मर्दो हो जबकी ४०० औँ ५००औँ भाग हो भनेर कुर्ली रहेका हुन्छन ।खोइ त अभिनय ? जिब्रो निकाल्दैमा, मुख बिगार्दैमा दर्शक हाँस्छन भन्नु दर्शक लाई सिधै मुर्ख  बनाउनु हो ।
अभिनय के हो भन्ने नै थाहा छैन जस्तो लाग्छ यहाँ का हाँस्य कलाकार हरुलाई, तर यसो भन्दै मा म कलाकार हरुलाई नै दोश दिने पक्ष मा छैन, किन भने कलाकार बात कस्तो अभिनय गराउने त्यो सबै जिम्मा त एउटा निर्देशक को हो किनभने संसार म एउटा भनइ प्रचलित छ "Director is the Captain of the ship"
आज लाई यती नै

केशव श्रेष्ठ